+
+

शोभाकान्त पौडेल बने भन्सार विभागका महानिर्देशक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १४:४८

१७ जेठ, काठमाडौं । भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शोभाकान्त पौडेलले पाएका छन् । खानेपानी मन्त्रालयबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएका उनलाई मन्त्रालयले भन्सार विभागको नेतृत्वको जिम्मेवारी दिएको हो ।

भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको सरुवासँगै जेठयता विभाग नेतृत्वविहीन थियो । पौडेलसँग यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकका रुपमा काम गरेको अनुभव छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ बजेट सार्वजनिक गरेलगत्तै राजस्व संकलनको एक हिस्सा भन्सारमा अनुभवी प्रशासकलाई ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?