+
+

सुनको सिक्री लुटेको आरोपमा जोरपाटीबाट एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १५:४०

१७ जेठ, काठमाडौं।  सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक  जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलीखेल नगरपालिका-१ देवीटार बस्‍ने ३० वर्षीय पाण्डे भन्‍ने विष्णु तामाङ रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि  प्रहरी वृत बानेश्वरमा पठाइएको  अपराध अनुसन्धान कार्यालयका प्रवक्ता मिलन केसीले बताए ।

तामाङले  काठमाडौं -३२ पेप्सीकोला गेटवे मोन्टेश्वरी स्कुल अगाडि पैदल हिडिरहेकी मध्‍यपुर ठिमी -७ बस्‍ने मनमाया छुजुले घाँटीमा लगाएको सुनको सिक्री पछाडिबाट लुटपाट गरेको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?