+
+

पौडी पोखरीमा हट दीया (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १६:२०

काठमाडौं । अभिनेत्री दीया मास्केको व्यस्तता यतिबेला फिल्म, नाटक र टेलिभिजनमा एकसाथ छ । गत वर्ष उनी अभिनित फिल्महरु ‘प्रकाश’ र ‘दोख’ले चर्चा बटुले । ‘एउटा सपनाको अवसान’ उनको पछिल्लो चर्चित नाटक हो, जसमा उनी शीर्ष भूमिकामा थिइन् ।

दीया यतिबेला हिमालय रोडिजको पाँचौं सिजनमा व्यस्त छिन् । अहिले विभिन्न सहरमा फिजिकल अडिसन चलिरहेको रोडिजका अडिसनका लागि चारैजना ग्याङ लिडर देश दौडाहामा छन् । जसमा टिम येल्लोकी ग्याङ लिडर दीया पनि सामेल छिन् । अब केही महिना दीयाको व्यस्तता यो एड्भेन्चर रियालिटी शोमा हुनेछ ।

अडिसनमा व्यस्त दीया जहाँ पुगे पनि सामाजिक सञ्जालमार्फत फ्यानसँग अन्तरक्रियामा हुन्छिन् । तस्वीर पोस्ट गर्नेदेखि लिएर विचार राख्ने कुरामा उनी अघि छिन् । यही मेसोमा अहिले उनको नयाँ इन्स्टाग्राम पोस्टलाई लिएर चर्चा भइरहेको छ । उसै त तराई क्षेत्रमा उधुम गर्मी छ, त्यसमाथि दीयाको उक्त हट तस्वीरले सौन्दर्यको पारोलाई बढाइदिएको छ ।

पौडीकी पारखी समेत रहेकी दीयाले पौडीपोखरीबाट आकर्षक र हट तस्वीर सेयर गरेकी छन्, जहाँ उनलाई स्वीमसुटमा देख्न सकिन्छ । रोडिजका निर्देशक सिमोस सुनुवारले पानीमुनि र बाहिरका दुई एंगलबाट दीयाको स्वीमिङ पुल अवतारलाई क्यामेरामा कैद गरेका छन् । तस्वीरमा उनको मादक सौन्दर्य देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?