+
+

लेखा समितिको कार्यविधि बनाउन ५ सदस्यीय उपसमिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १७:३१

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन ५ सदस्यीय उपसमिति बनाएको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएको हो ।

उपसमितिको सदस्यमा ऋषिकेश पोखरेल, रामकृष्ण यादव, अमरेशकुमार सिंह र हरि ढकाल सदस्य रहेका छन् । उपससमिति समितिको आगामी बैठकमा समितिको आन्तरिक कार्यविधि तयार गरी पेस गर्ने कार्यदेश दिइएको समितिका सचिव एकराम गिरीले बताए ।

बैठकमा नेकपा एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले सार्वजनिक लेखा समितिले सरकारले गर्ने आर्थिक क्रियाकलापलाई नजिकबाट हेर्ने भएकाले समितिप्रति जनताको भरोसा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?