+
+

टाटाको प्रिमियम विद्युतीय गाडी ‘एक्सप्रेस टी’ मा जीपीएस जडान

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १८:१८

काठमाडौं ।  टाटा मोटर्सले प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’मा जीपीएस जडान गरेको छ । यो विद्युतीय गाडी काठमाडौं उपत्यकामा गुड्न थालेको एक महिना मात्रै पुरा भएको छ ।

कम्पनीका अनुसार उक्त प्रिमियम विद्युतीय ट्याक्सीमा लोकोन्यावको जीपीएस प्रविधि जडान गरेर फ्लिट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराइएका कारण थप सुरक्षित हुने विश्वास गरिएको छ ।

‘एक्सप्रेस–टी’ का प्रिमियम विद्युतीय ट्याक्सी धनीहरुले मोबाइल फोन मार्फत नै आफ्नो गाडी कहाँ-कहाँ गुड्यो र कुन रुटमा गुड्यो भनेर हेर्न सक्ने कम्पनीले जनाएको छ । विद्युतीय ट्याक्सी को फ्लिट अपरेटरले आफ्नो गाडी कता छ, कति गुडेको छ र चालकले कुन गतिमा कसरी गुडाएको छ भनेर लोकोन्याव सिप्रदीको एपबाट सजिलै हेर्न पाउने कम्पनीले जनाएको छ ।

जीपीएस जडित गाडी ग्राहकहरुको सुरक्षाका लागि पनि उपयुक्त भएकोले ग्राहकहरुले पनि एक्सप्रेस–टी विद्युतीय ट्याक्सीलाई निकै रुचाएको दाबी कम्पनीको छ । आगामी समयमा यस जीपीएस प्रविधिले सबै विद्युतीय सवारी साधनहरुलाई एउटै सिस्टममा ल्याउन र ट्रयाक गर्न मद्दत पुर्‍याउने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?