+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कोशी सरकारको प्राथमिकता कृषि, पर्यटन र पूर्वाधार

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १८:०२

१७ जेठ, विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रदेशसभामा पेश गरेका छन्। कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता राखेको प्राथमिकता तथा सिद्धान्त पेश गरेका हुन्।

उनले कृषि क्षेत्रलाई प्रदेशको आर्थिक क्रियाकलापको मेरुदण्डको रुपमा विकास गर्ने बताएका छन् । ‘कृषि तथा पशुपक्षीजन्य वस्तुको उत्पादन वृद्धि गर्न उन्नत बीउ, बेर्ना र पशु नश्लको सहज उपलब्धता सुनिश्चित गरिनेछ ।

सहकारी तथा निजी क्षेत्रको सहकार्यमा कृषि उत्पादनको मुल्य श्रृंखलालाई अभिवृद्धि गरी औद्योगिकरणतर्फ जोड्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ,’ प्राथमिकतामा लेखिएको छ।

त्यस्तै सुरक्षित कृषि उत्पादनको लागि प्राङ्गारिक मल तथा जैविक विषादीको उत्पादनलाई प्रवर्द्धन गर्दै विषादीको न्यूनीकरण र रासायनिक मल माथिको निर्भरतालाई क्रमशः कम गर्दै लगिने मुख्यमन्त्री कार्कीले बताएका छन्। युवालाई रोजगारी र आयस्तर सुधारका अवसर सिर्जना गर्न कृषि उद्यमसँग जोड्ने र स्वरोजगार बनाइने पनि मुख्यमन्त्री कार्कीले बताएका छन्।

औद्योगिक क्षेत्रको विकास र प्रवर्धनका लागि उत्पादनमूलक उद्योग स्थापना र संचालनमा प्रोत्साहन गर्ने, स्थानीय तह र निजी क्षेत्रसँगको समन्वयमा स्थानीय उत्पादनलाई प्रवर्द्धन र ब्राण्डिङ गरी स्थानीय स्तरको आर्थिक वृद्धि गर्ने सरकारको योजना छ।

विराटनगर विमानस्थलबाट कोशी प्रदेशका पहाडी तथा हिमाली विमानस्थलहरुमा हवाई सेवा विस्तारका लागि समन्वय र सहकार्य गर्ने कोशी प्रदेश सरकारको योजना छ।

प्रदेशको मुख्य प्रशासनिक संरचनाहरुको निर्माण कार्य आरम्भ गर्ने, प्रादेशिक कार्यालयहरुको भौतिक संरचनाहरुको निर्माण कार्यलाई प्राथमिकताका दिने प्राथमिकतामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?