+
+

महोत्तरीमा एक भारतीय नागरिक मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते ८:३८

१८ जेठ, जनकपुरधाम । महोत्तरीमा एक जना भारतीय मृत फेला परेका छन् ।

महोत्तरी गौशाला नगरपालिका-१ रामनगरस्थित पूर्वेश्वर महादेव मन्दिरको प्रतिक्षालयमा भारत उत्तर प्रदेश कानपुर देहात बस्ने ७० वर्षीय जरदान नाथ मृत बुधबार फेला परेका हुन् ।

प्रहरीका अनुसार उनी गाउँ घरमा सर्प खेलाउँदै हिंड्थे । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?