+
+

विराटनगरको होटल इस्टर्न स्टारमा भारतीय नागरिक मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १२:५०

२५ पुस, विराटनगर । विराटनगरको होटल इस्टर्न स्टार होटलमा भारत नागरिक मृत भेटिएका छन् । भारत बिहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत भेटिएका हुन् ।

मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार साह भारतीय कपडा कम्पनी सियारामका कर्मचारी हुन् । कम्पनीका अन्य कर्मचारीसहित उनी कार्यक्रमका लागि विराटनगर आएका थिए ।

बुधबार साँझमा कक्टेल डिनेर (मदिरासहित रातिको खानपान) गरेर सुत्न गएका उनी बिहीबार बिहान मृत भेटिएका हुन् ।

होटलमासँगै रहेका अन्य साथीले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनकाे शवको पोस्टमार्टमका लागि परिवारका सदस्यलाई विराटनगर लाइएको जाेशीले बताए । धेरै मदिरा सेवन गरेका कारण मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?