 
																			२५ चैत, काठमाडौं । बैंककबाट काठमाडौं आएका भारतीय नागरिक ८ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी छन् । उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको ब्यागेजमा गाँजा फेला पारेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ । उनी आइतबार थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए । उनीबाट ८ किलो ८५५ ग्राम लागु औषध बरामद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4