+

महिला स्वास्थ्य : पेन्टी किन चाँडै फोहोर हुन्छ ?

२०८० जेठ  १९ गते १३:१२ २०८० जेठ १९ गते १३:१२
महिला स्वास्थ्य : पेन्टी किन चाँडै फोहोर हुन्छ ?

सुन्दा सामान्य लागे पनि आम महिलाको मनमा गुम्सिएको प्रश्न हो, किन पेन्टी चाँडै फोहोर र मक्किने हुन्छ ? महिलाको प्रजनन् स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण प्रश्न पनि हो यो । प्रायः महिलाको पेन्टीमा दाग बस्ने, मक्किने हुन सक्छ । यस्तो हुनुमा एउटा मात्र कारण छैन ।

सामान्यतया लामो समयसम्म पेन्टी नफेर्दा वा पिसाब गरिसकेपछि राम्ररी सफा नगर्दा चाँडै फोहोर हुने र मक्किने हुन्छ । त्यसबाहेक महिनावारी चक्र अर्को मुख्य कारण हो । महिनावारी अघि वा पछि योनीस्राव (भजाइनल डिस्चार्ज) हुँदा पेन्टी फोहोर हुन्छ । यसको विभिन्न चार चरण हुन्छ, महिनावारी, फोलिकुलर, ओभुलेसन र ल्युटल ।

यी चार चरणमा विभिन्न किसिमको फरक-फरक रंगका योनीस्राव हुन्छ । यो सेतो र बाक्लो खालको तरल हुन्छ । त्यसबाहेक यौनाङ्गमा एक किसिमको अम्लीय तरल पदार्थ हुन्छ, जसलाई पीएच एसिड भनिन्छ ।

यसले गर्दा पेन्टी भिज्ने, मक्किने र त्यसपछि सुकेर पेन्टी अररो हुन्छ । यसैले पेन्टीलाई फोहोर बनाउने हो ।

के हो पीएच एसिड ?

सामान्यतया यौनाङ्गमा पीएच एसिडको लेभल ४.५ भन्दा कम वा बराबर हुनुपर्छ । तर महिनावारी अघि र पछि पीएच लेभल थपघट हुन सक्छ । यतिबेला खराब ब्याक्टेरिया बढ्न र संक्रमण हुन सक्छ ।

यौनाङ्गमा पीएच एसिड उच्च भएमा ब्याक्टेरिया बढ्ने जोखिम बढी हुन्छ । यस्तो अवस्थामा असामान्य खैरो, सेतो वा पहेंलो योनीस्राव हुने गर्छ । यो माछाको जस्तो गन्ध आउने हुन्छ । यसरी योनीस्राव हुँदा अत्यधिक चिलाउने र पिसाब गर्दा पोल्ने हुन्छ ।

योनीस्राव सामान्य हो ?

योनीबाट तरल पदार्थ बग्नु एक सामान्य र प्राकृतिक अवस्था हो । यसले यौनाङ्गलाई बाह्य संक्रमणबाट बचाउनु हो । त्यसैले यो अम्लीय पदार्थलाई धेरै सफा गरिरहनु हुँदैन ।

प्रायः महिला वा किशोरीमा दैनिकजसो थोरै योनीस्राव हुन्छ । तर अण्डा बन्ने समयमा यसको मात्रा बढी हुन्छ । यो सेतो रंगको हुन्छ । यदि अत्यधिक मात्रामा योनीस्राव हुन्छ भने मात्र सफा गर्नुपर्छ । दैनिक धेरै योनीस्राव भएमा चिकित्सकलाई देखाउनुपर्छ ।

यौनाङ्ग सुख्खा राख्न हुन्छ ?

अहिले गर्मीयाम छ । यतिबेला पसिना अनि योनीस्रावले गर्दा फंगल इन्फेक्सन हुन सक्छ । त्यसैले यौनाङ्गको बाहिरी भाग सुख्खा राख्नु राम्रो हो तर यौनाङ्गको भित्री भाग भने ओसिलो हुनु जरुरी छ ।

यौनाङ्ग कसरी सफा गर्ने ?

योनीलाई पटक-पटक सफा गर्नु हुँदैन । दिनको एक वा दुई पटक सफा गर्न सकिन्छ । तर सफा गर्ने भन्दैमा साबुनपानीले दैनिक सफा गर्नुहुँदैन । हप्ताको एकपटक चाहिं साबुनपानीले सफा गर्दा हुन्छ । अरु बेला पानीले मात्र सफा गर्नुपर्छ ।

पिसाब गरिसकेपछि भने यौनाङ्गलाई सुख्खा बनाउन टिस्यु पेपर वा सफा नरम कपडा प्रयोग गर्न सकिन्छ ।

कस्तो पेन्टी उपयुक्त ?

सुतीको पेन्टी तुलनात्मक रुपमा उपयोगी हुन्छ । नाइलन वा सिल्क कपडाका पेन्टी लगाउँदा तरल पदार्थलाई सोस्न सक्दैन, जसले संक्रमणको जोखिम हुन्छ ।

(डा. श्रेष्ठ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

डा. गरिमा श्रेष्ठ महिला स्वास्थ्य
लेखक
डा. गरिमा श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘मस्तिष्क ट्युमरको विश्वस्तरीय उपचार सेवा वीरमै छ’ (भिडियो)

‘मस्तिष्क ट्युमरको विश्वस्तरीय उपचार सेवा वीरमै छ’ (भिडियो)

मधुमेह र मोटोपनले कमजोर हुन्छ मांसपेशी, बलियो बनाउने १० उपाय

मधुमेह र मोटोपनले कमजोर हुन्छ मांसपेशी, बलियो बनाउने १० उपाय

छालाको उपचारमा गलत अभ्यास, निम्तिँदै गम्भीर स्वास्थ्य समस्या

छालाको उपचारमा गलत अभ्यास, निम्तिँदै गम्भीर स्वास्थ्य समस्या

हिँड्दा डिप्रेसन र चिन्ता कम हुन्छ ?

हिँड्दा डिप्रेसन र चिन्ता कम हुन्छ ?

लम्पी स्किन रोग लागेका राँगाभैंसीको मासु खाए के हुन्छ ?

लम्पी स्किन रोग लागेका राँगाभैंसीको मासु खाए के हुन्छ ?

स्टेज ४ स्तन क्यान्सर हुँदैमा मरिहालिन्छ भन्ने हुँदैन

स्टेज ४ स्तन क्यान्सर हुँदैमा मरिहालिन्छ भन्ने हुँदैन