+
+

बागमती राष्ट्रिय रग्वी सेभेन्स प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १६:५२

१९ जेठ, काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनमा भोलि जेठ २० र पर्सि जेठ २१ गते बागमती राष्ट्रिय रग्वी सेभेन्स प्रतियोगिता हुने भएको छ ।

आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता मध्यपुर ठिमीस्थित मध्यपुर युथ क्लवको खेलमैदानमा सञ्चालन हुने जानकारी गराएको छ ।

प्रतियोगितामा सातवटा प्रदेश मध्ये कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी ५ प्रदेश र ३ वटा विभागीय टिमहरु त्रिभुवन आर्मी क्लव, नेपाल प्रहरी र नेपाल एपीएफ क्लब सहभागी हुनेछन् ।

प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ ७ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल रग्वी संघले यस राष्ट्रिय रग्वी प्रतियोगिताबाट कतारमा हुने एसिया रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता र चीनमा हुने एसियन गेम्सका लागि राष्ट्रिय महिला तथा पुरुष टिम छनौट गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?