+
+

सम्हालिंदै श्रीलङ्का, अर्थतन्त्रमा सुधारको संकेत

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २० गते ६:२५

२० जेठ, कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सम्भावित सङ्केत देखिएको उल्लेख गरेको छ ।

आईएमएफका उपप्रबन्ध निर्देशक केन्जी ओकामुराले श्रीलङ्काको भ्रमणपछि जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आर्थिक पुनरुत्थान चुनौतीपूर्ण रहेको छ र सरकार र श्रीलङ्काका जनता दुवैको बलियो स्वामित्वमा सुधारको गतिलाई निरन्तरता दिन आवश्यक छ ।’

आईएमएफले समष्टिगत आर्थिक स्थायित्व हासिल गर्ने, ऋण स्थायित्व कायम गर्ने, वित्तीय स्थायित्वको रक्षा गर्ने, सुशासनलाई सुदृढ बनाउने र कमजोर वर्गको संरक्षण गर्ने महत्वकांक्षी आर्थिक कार्यक्रम कार्यान्वयन गर्ने श्रीलङ्काको दृढ प्रतिबद्धतालाई स्वागत गरेको ओकामुराले बताए ।

उनले वर्तमान आर्थिक सङ्कटको उत्पत्ति बाह्य झट्काका कारण बढेको नीतिगत गलत कदमबाट भएको बताए ।

भ्रमणका क्रममा उनले समष्टिगत आर्थिक स्थायित्वका लागि वित्तीय उपायहरू, विशेष गरी राजस्व सङ्कलनका उपायहरूको महत्वबारे अधिकारीहरूसँग छलफल गरेका थिए ।

‘समयमै र पारदर्शी तरिकाले ऋण रणनीतिमा वार्ता गर्ने अधिकारीहरूको प्रतिबद्धताबाट म उत्साहित भएँ । ऋणदाताहरूसँगको निरन्तर खुला संवादले कार्यक्रम लक्ष्यहरू अनुरूप ऋण स्थिरता पुनःस्थापना गर्न र पुनर्संरचना सम्झौताहरूमा पुग्न मद्दत गर्नेछ,’ उनले भने ।

ओकामुराले भने, ‘श्रीलङ्का आर्थिक सङ्कटबाट गुज्रिरहेको छ, यस संकटबाट असमान रूपमा प्रभावित भएका गरिब र अति जोखिममा रहेकाहरूलाई संरक्षण गर्नु अत्यावश्यक छ ।’

यसै वर्षको मार्चमा आईएमएफले श्रीलङ्काको आर्थिक नीति र सुधारलाई सहयोग गर्न करिब तीन अर्ब अमेरिकी डलरको विस्तारित कोष सुविधा अन्तर्गत ४८ महिनाको विस्तारित ऋण व्यवस्थालाई अनुमोदन गरेको थियो । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?