+
+

करिम बेन्जिमाले छाडे रियल मड्रिड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १६:१८

२१ जेठ, काठमाडौं । फ्रेञ्च स्ट्राइकर करिम बेन्जिमाले स्पेनिस क्लब रियल मड्रिड छाडेका छन् ।

रियल मड्रिडले एक विज्ञप्ति निकालेर दुवै पक्षले आपसी सहमतिमा १४ वर्ष लामो सहकार्य तोड्ने निर्णय गरेको जनाएको छ ।

२१ वर्षको उमेरमा सन् २००९ मा रियल आएका  उनले  सिजनसकिए लगत्तै फ्री ट्रान्सफरमा क्लब छाड्ने छन् ।

स्पेन छाडेर उनी साउदी अरब जान लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दाबी छ ।  उनले साउदी क्लब अल इत्तेहादबाट कीर्तिमानी रकमको प्रस्ताव पाएका छन् ।

एउटा साउदी टेलिभिजनले त उनले अल इत्तेहादसँग बेन्जिमाले २ वर्षको सम्झौता गरिसकेको दाबी गरेको छ ।

बेन्जिमाले खेलेको समयमा रियलले २५ वटा उपाधि जितेका छ । च्याम्पियन्स लिग र क्लब वर्ल्डकप ५–५ पटक, स्पेनिस सुपर कप र युरोपियन सुपर कप ४–४ पटक, ३ पटक कोपाज डेल रे उपाधि उनले उचालेका छन् ।

बालोन डिओर विजेता र युईएफए प्लेयर अफ द इअरसमेत रहेका उनले रियलका लागि खेलेका ६४७ खलमा ३५३ गोल गरेका छन् ।

उनी रियलका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी हुन् । उनी भन्दा अघि रहेका क्रिस्टियानो रोनाल्डोले रियलका लागि ४३८ खेलमा ४५० गोल गरेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?