+
+

गर्मीका कारण तिलोत्तमाका विद्यालय एक महिना बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १७:४५

२१ जेठ, बुटवल । गर्मी बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका विद्यालयहरुमा झण्डै एक महिना गर्मी बिदा दिएको छ ।

नगर कार्यपालिकाको आइतबार बसेको बैठकले तापक्रम निरन्तर बढ्दै गइरहेको र यसले विद्यालय जाने आउने बालबालिकालाई प्रत्यक्ष असर पारेको भन्दै गर्मी बिदा दिने निर्णय गरेको हो ।

कार्यपालिकाको बैठकले वार्षिक विदाबाट समायोजन हुने गरी जेठ २२ देखि असार १७ गतेसम्म बिदा दिने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए ।

अभिभावक महासंघ लुम्बिनी प्रदेश समितिले पनि अत्यधिक गर्मीका कारण विद्यालयमा पठनपाठन प्रभावित हुने र बालबालिकाको स्वास्थ्यमा असर पर्ने भन्दै केही दिन विद्यालय बन्द गर्न माग गरेको थियो ।

यसअघि बुटवल उपमहानगरपालिकाले पनि गर्मीका कारण जेठ १४ देखि असार १० सम्मका लागि नगरभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?