+
+

अन्तिम खेलमा बार्सिलोना पराजित, रियलको बराबरी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते ८:१०

२२ जेठ, काठमाडौं । स्पानिस ला लिगाको उपाधि जितिसकेको बार्सिलोना सिजनको अन्तिम खेलमा सेल्टा भिगोसँग २-१ ले पराजित भएको छ ।

गाब्री भेइगा नोभासले दुई गोल गरेपछि सेल्टाले घरेलु मैदानमा च्याम्पियन बार्सिलोनालाई हराएको हो ।

२१ वर्षीय भेइगाले ६२औं र ६५औं मिनेटमा गोल गरे । बार्सिलोनाका लागि अंशु फातीले ७९औं मिनेटमा एक गोल फर्काए ।

जितपछि सेल्टाले ४३ अंक जोडेर १३औं स्थानमा लिग सकायो ।

यस्तै करिम बेन्जेमाले रियलको जर्सीमा अन्तिम खेल खेल्दै पेनाल्टीमा गोल गरेपछि रियलले एथ्लेटिक विल्वाओसँग १-१ को बराबरी खेल्दै लिग सकायो ।

ओइहान सानचेटले गोल गर्दै विल्वाओलाई पहिले अग्रता दिलाएको थियो । तर बेन्जेमाले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।

बेन्जेमाले यसअघि नै रियल छाड्ने घोषणा गरिसकेका छन् । १४ वर्षपछि रियल छाड्न लागेका बेन्जेमा अब साउदी अरबियन क्लब जाने चर्चा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?