+
+

नसिरुद्दीन भन्छन्- फिल्म अवार्डलाई शौचालयको ढोकामा ह्याण्डिल बनाएको छु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते १२:४६

काठमाडौं । नसिरुद्दीन शाह बलिउडका प्रभावशाली अभिनेता हुन् । उनको जीवन्त अभिनयको सधैं प्रशंसा हुने गर्छ । यी अभिनेताले भारत सरकारले प्रदान गर्ने पद्मश्री, पद्म भूषणदेखि थुप्रै अवार्ड प्राप्त गरेका छन् ।

तर हालै उनले अवार्डका विषयमा आफ्नो फरक धारणा सार्वजनिक गरेका छन् । एक भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा नसिरुद्दीनले आफूलाई अब अवार्डहरुको कुनै मलतब नभएको बताएका छन् । ‘फिल्मफेयर अवार्ड्समा मिल्ने ट्रफीको म बासरुमको ह्याण्डिलका लागि प्रयोग गर्छु,’ उनले भनेका छन्, ‘जब कोही मेरो घरको शौचालयमा जानुहुन्छ त ढोकामा फिल्मफेयरको दुई ट्रफीलाई ह्याण्डिलको रुपमा पाउनुहुनेछ । ’

नसिरुद्दीनले मुम्बईमा एक फार्महाउस निर्माण गरेका छन् । त्यहाँका शौचालयको ढोकाको ह्याण्डिलको रुपमा आफूले विभिन्न समयमा प्राप्त गरेका अवार्डलाई प्रयोग गर्ने बताएका छन् ।

‘अब मेरो लागि यी अवार्डको कुनै अर्थ छैन । पहिले अवार्डले खुसी मिल्थ्यो, बिस्तारै बिस्तारै गरेर धेरै अवार्ड मैले पाएँ,’ उनले भनेका छन्, ‘तर केही समयवछि मलाई महसुस भयो कि यी अवार्ड लबिङको नतिजा हुन् । यस्ता व्यक्तिलाई अवार्ड मिल्न थाल्यो, जसका लागि उनीहरु लायक नै हुँदैनन् । यसैकारण मलाई पनि अवार्डप्रतिको मोह टुट्यो ।’ उनले पद्म भूषण पाउनु खुसीको कुरा भए पनि अन्य फिल्मी अवार्ड आफ्ना लागि अब काम नभएको बताए ।

नसिरुद्दीनले अवार्डको अवधारणा समेत आफूलाई मन पर्न छाडेको बताए । सबै कलाकारको मेहनत उत्तिकै भए पनि सर्वोत्कृष्ट भनेर एक जनालाई अवार्ड दिनु न्यायपूर्ण नभएको उनको बुझाइ छ ।

उनी भन्छन्, ‘पछिल्ला दुई अवार्ड लिन म गइनँ । मैले एक फार्महाउस बनाएको छु, त्यहाँको शौचालयको ढोका ह्याण्डिल यी अवार्डका ट्रफीलाई बनाउने निर्णय गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?