+
+

रुखको हाँगाले लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते ११:५०

२३ जेठ, काठमाडौं । सिन्धुलीमा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका-७ गढौली का ६९ वर्षीय मानबहादुर लामाको रुखबाट खसेको हाँगोले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

हावाहुरीले ढालेको रुख अर्को रुखमा अड्किएको र उक्त रुख खसाउने क्रममा आज लामा घाइते भएका थिए ।

उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएका लामालाई बिहान ८ः५५ बजे चिकित्सकले मृत घोषण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?