
काठमाडौं । आर्यन अधिकारीलाई शीर्ष भूमिकामा लिएर निर्देशक लक्ष्मण सुनारले नयाँ फिल्म ‘फनफनी’को घोषणा गरेका छन् । पछिल्लो रिलिज फिल्म ‘बुलाकी’पछि सुनारको यो आगामी फिल्म हो । यसैसाता चलचित्र विकास बोर्डमा फनफनी शीर्षकमा फिल्म दर्ता भएको छ ।
२०७३ सालमा रिलिज भएको ‘के म तिम्रो होइन र’बाट अभिनय करिअर थालेका आर्यनको पछिल्लो फिल्म ‘लाखे’ थियो । त्यसबीचमा उनले बटरफ्लाइ र बाँध मायाले फिल्ममा काम गरे । पाँचौं प्रोजेक्टको रुपमा घोषणा भएको आर्यनको यो फिल्मलाई सोसल ड्रामा जनराको जनाइएको छ ।
डेब्यु फिल्मबाटै एक्सन नायकको रुपमा चर्चित उनले यो फिल्ममा पनि प्रशस्तै एक्सन दृश्य पस्किने निर्देशक सुनारको भनाइ छ । जेठ अन्त्यदेखि छायांकन सुरु हुने जनाइएको यो फिल्मको छायांकन नेपालसहित अष्ट्रेलिया, क्यानडा र भारतमा हुने जनाइएको छ । राम मल्ल ठकुरी र नेहा तामाङ कलाकारको रुपमा छन् । हरि मल्ल ठकुरी गीतकारको रुपमा छन् ।
प्रतिक्रिया 4