+
+

आईएमडीबीले सार्वजनिक गर्‍यो पाँच वर्षका लोकप्रिय १० वेब सिरिज

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १२:४९

काठमाडौं । आईएमडीबीले सन् २०१८ देखि २०२३ सम्मका लोकप्रिय वेब सिरिजको सूची सार्वजनिक गरेको छ । पछिल्लो पाँच वर्षका सबैभन्दा लोकप्रिय श्रृंखलाले यो सूचीमा स्थान पाएका छन् । सन् २०१८ मा ‘सेक्रेड गेम्स गेम्स’को पहिलो सिजनले सूचीको शीर्ष स्थान बनाएको छ भने सोही वर्ष आएको ‘मिर्जापुर’ले दोस्रो स्थान हासिल गरेको छ ।

सन् २०२० को शृंखला ‘स्क्याम १९९२’ तेस्रो, ‘द फेमिली म्यान’ चौथो र एस्पिरेन्ट्स’ले पाँचौं स्थान पाएका छन् । यो डाटा आईएमडीबी प्रयोगकर्ताको पेज भिजिटको आधारमा लिइएको जनाइएको छ । ‘सेक्रेड गेम्स गेम्स’का सहनिर्माता विक्रमादित्य मोटवानेले यस सूचीको शीर्षमा ‘सेक्रेड गेम्स गेम्स’ रहनु सम्मानको कुरा भएको बताए ।

छैटौं स्थानमा ‘क्रिमिनल जस्टिस’, सातौं नम्बरमा ‘ब्रीद’, आठौं नम्बरमा ‘कोटा फ्याक्ट्री’, नवौं स्थानमा ‘पञ्चायत’ र दशौं स्थानमा ‘पाताल लोक’ छन् ।

आईएमडीबी इण्डियाकी प्रमुख यामिनी पटोडियाले देशमा स्ट्रिमिङ विकल्प बढेसँगै वेब सिरिजतर्फ मानिसको झुकाव बढ्दै गएको बताइन् । यो सूची आएसँगै विश्वभरका दर्शकले भारतीय वेब सिरिजको बारेमा जान्न पाउनेछन् । विशेष कुरा यो छ कि यस सूचीको टप-२ सिरिज (सेक्रेड गेम्स गेम्स र मिर्जापुर)ले पाँच वर्ष पूरा गरेका छन् ।

आईएमडीबीले सबैभन्दा लोकप्रिय वेब सिरिजबाहेक अर्को सूची पनि जारी गरेको छ । यस सूचीमा शीर्ष मूल्यांकन गरिएका वेब सिरिजलाई स्थान दिइएको छ । ‘स्क्याम १९९२’ले यसमा सबैभन्दा बढी (९.३/१०) प्राप्त गरेको छ र ९.२ अंक लिएर ‘एस्पिरेन्टस’ले दोस्रो स्थान हासिल गरेको छ । तेस्रो नम्बरमा ‘गुलक’ छ, जसले १० मध्ये ९.१ रेटिङ पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?