+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दुईवटा भैंसी चोरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १८:२१

२३ जेठ, जनकपुरधाम । दुईवटा भैंसी चोरेको आरोपमा धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका ७ तारापट्टीका ३७ वर्षीय बली मुखिया छन् ।

गत आइतबार मिथिला विहारी नगरपालिका ६ पथरा टोल बस्ने सुवलाल यादवको गोठबाट २ वटा भैंसी हराएको थियो ।

प्रहरीले खोजतलास गर्ने क्रममा सोमबार राति १० बजे ती दुई भैंसीसहित मुखियालाई तारापट्टी टोलस्थित भित्री सडक खण्डमा पैदल हिडाइँ रहेको अवस्थामा फेला पारेको धनुषाका प्रहरी प्रवक्ता डिएसी वेदप्रसाद गौतमले जानकारी दिए ।

उनीमाथि चोरी कसूर मुद्दामा धनुषा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?