
२३ जेठ, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल मंगलबार घरेलु टोली म्यानमारसँग ५-० ले पराजित भएको छ ।
समूह बी मा आफ्नो पहिलो खेलमा नेपालले कडा चुनौती प्रस्तुत गर्ने लक्ष्य राखे पनि गोल गर्न सकेन ।
याङ्गुनस्थित युवुन्ना स्टेडियममा भएको खेलमा घरेलु टोली म्यानमारका लागि यिन लुन इयानले ह्याट्रिक गरिन् ।
उनले ४४औं, ४७औं र ९०औं मिनेटमा गोल गरिन् । यस्तै जिन मोए प्याएले २२औं र युन वादी हलाइङ्गले ६९औं मिनेटमा गोल गरिन् ।
मंगलबारै भएको समूह बी को पहिलो खेलमा चीनले चाइनिज ताइपेईलाई १-० ले पराजित गरेको छ । नेपालले दोस्रो खेल बिहीबार चीनसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4