+
+

जुड बेलिङघम : नम्र सुरुवातबाट चम्केका फुटबल स्टार

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १७:२२

२६ जेठ, काठमाडौं । केही वर्षमा नै फुटबलमा तीव्र विकास गरेका जुड बेलिङघम १० करोड ३० लाख यूरोमा रियल मड्रिडमा अनुबन्ध हुँदैछन् ।

योसँगै उनी विश्व फुटबलमा सबैभन्दा महंगा युवा खेलाडीमा तेस्रो स्थानमा पुगेका छन् ।

इङ्ल्यान्डका बोरुसिया डर्टमन्डका मिडफिल्डर म्यानचेस्टर सिटी, लिभरपुलजस्ता क्लबको रोजाइमा परेका थिए । तर उनले आफ्नो आगामी करियरका लागि स्पेनिस क्लबलाई छानेका छन् ।

१९ वर्षको उमेरमा बेलिङघम अघिल्लो वर्ष भएको विश्वकपमा इङ्ल्यान्डकातर्फबाट उत्कृष्ट प्रदर्शन गर्नेमध्येमा एक थिए ।

बर्मिङ्घम सिटीका एक आदर्श युवा खेलाडी एक सुपरस्टारका रुपमा कसरी अगाडी बढे भन्ने विषयमा बीबीसीले तयार गरेको सामग्रीको अनुवाद:

बर्मिङ्घम छोड्ने बेला रोएका थिए

२०२० मा जब उनले बर्मिङ्घम छोडे तब उनी रोएका थिए । ७ वर्षको उमेरबाट सोही क्लबको रेखदेखमा ठूला भएका बेलिङघमलाई क्लब छोड्न गाह्रो भयो ।

उनले २ करोड ५० लाख पाउण्डमा बोरुसिया डर्टमन्टमा जानका लागि ब्लुजलाई छोडेका थिए । त्यसबेला १७ वर्षका उनी सबैभन्दा महंगो युवा खेलाडी बनेका थिए । च्याम्पियनसिपका केही मानिसहरुले उनलाई एक वर्षको लागि मात्रै जर्सी नम्बर रोजेर छोडेको भन्दै व्यावसायिकता नभएको भन्दै होच्चाए ।

तर अब भने विश्व जगतमा उनले आफ्नो बेग्लै पहिचान बनाएका छन् । उनी निकै विनम्र र आदर्श भएका खेलाडी हुन् । ब्लुजमा किन यति मनपराइएको रहेछ भन्ने उनले प्रमाणित गरिरहेका छन् ।

‘उनी बर्मिङ्घम छोड्ने बेला रोएका थिए’, एक फुटबल पत्रकार गुइलम बलागले भने, ‘त्यहि पनि उनी आफ्नो सहज क्षेत्र छोडेर बाहिर आए । त्यसपछि पनि उनी एक एकदमै सहज व्याक्तिको रुपमा विकसित भए ।’

फुटबलमा राख्दैनथे रुची

केही व्यक्तिले कही सीप उपहार कै रुपमा पाएका हुन्छन् । उनी पनि यस्तै थिए, उनको भाग्य नै फुटबलर बन्ने थियो ।

तर उनी बच्चाबेलामा फुटबलमा रुचि राख्दैनथे ।

उनको पहिलो प्रशिक्षक फिल वुल्ड्रिजले पहिलो पटक उनलाई फुटबल सिकाएका थिए । उनी तब ४ वर्षका थिए ।

‘उनलाई खासमा फुटबलमा रुचि थिएन’, वुल्ड्रिजले भने, ‘उनलाई फुटबलमा आउन केही समय लाग्यो । यो एक रातमा भएको कुरा होइन । केही महिना नै लाग्यो ।’

जब उनलाई फुटबल मन पर्न थाल्यो उनी रोकिएनन् । जति जति खेल्न थाले उनलाई उतिउति फुटबल मन पर्दै गयो । त्यसपछि उनका पहिलो प्रशिक्षक वुल्ड्रिज र उनका बुबाले उनलाई स्टारब्रिज जुनियर्स नामक एक टिमको निर्माण गरे ।

जहाँ उनले दिनहुँ फुटबल खेल्न थाले ।उनी स्कुलका साथीभाइ र शिक्षकहरुलाई पनि बताउँथे कि एक दिन इङ्ल्यान्डका लागि खेल्ने छु भनेर ।

जतिबेला उनीमाथि केही स्थानीय व्यावसायिक फुटबल क्लबहरुले आँखा लगाउन थालेका थिए, त्यतिबेला उनी मात्र ७ वर्षका थिए । उनी बर्मिङ्घम सिटीमा आबद्ध भए । जहाँ उनी एक प्रशिक्षकको मातहतमा रहेर सिक्थे । आज बेलिङघम जुन स्थानमा जस्तो स्वभावका छन्, त्यो सबै उनै प्रशिक्षकका कारण हो ।

माइक डोड्स, अहिले सन्डरल्यान्डमा पहिलो श्रेणीको प्रशिक्षक छन् । बेलिङघमको विकासमा उनको महत्वपूर्ण भूमिका छ । जसका कारण उनले १६ वर्षको उमेरमा व्यावसायिक फुटबलरको रुपमा डेब्यु गरे ।

‘उनको पहिलो प्रशिक्षक म थिएँ । उनलाई जसरी विकास गरिँदैथियो, त्यो कुरामा खुसी हुन्थेनन् भने उनको पहिलो व्यक्ति म हुन्थे, जसले मलाई भन्थे’, डड्सले बीबीसीसँग भने ।

‘उनी एक उत्कृष्ट व्यक्ति हुन् । उनी एक आदर्श व्यक्ति हुन् । उनी आफ्नो वरपरका मान्छेहरुलाई सधैं खुसी पारेर राख्थे, सधैं सहानुभूति पाउँथे । मानवीय गुणहरुको बारेमा त उनको बयान गर्न मसँग शब्द नै छैन ।’

उत्कृष्ट खेलाडी

२०२२ को विश्वकपमा जब हेरी केनले फ्रान्सविरुद्ध दोस्रो पेनाल्टी गुमाएका थिए । त्यतिबेला टिमको लागि गोल गर्दै बेलिङघमले टिमलाई केही आश्वासन दिलाएका थिए ।

उनले बर्मिङ्घमका लागि एक सिजनमात्र खेले । तर इंग्ल्याण्डको दोस्रो डिभिजन च्याम्पियनसिपमा क्लबलाई रेलिगेसनबाट बचाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । १७ वर्षको उमेरमा मैदानमा जुन किसिमको परिपक्कता उनले देखाए त्यसबाट विश्वका ठूला क्लबहरुको आँखा उनीमा प¥यो । तर बोरुसिया डर्टमन्डले उनलाई अनुबन्ध गर्न सफल भयो ।

बुन्डेसलिगा जायन्ट बायर्न म्युनिखले राखेको उत्कृष्ट अफरलाई नकार्दै उनले डर्टमन्डमै खेल्ने बताए । सोही कार्यका कारण १९ वर्षमा डर्टमन्डको कप्तानी गर्दै बेलिङघमले एक इतिहास बनाए ।‘हरेक पटक तपाईँले बेलिङघमको पूरा फुटबल हेरेको छु भन्नुहुन्छ, त्यो बेला उनी अर्कै केही नयाँ गरिदिन्छन्’, जर्मन फुटबल दिग्गज राफेल होनीगस्टीनले बताए ।

‘उनी एक उत्कृष्ट खेलाडी हुन् । यो सोच्नु निकै चुनौतीपूर्ण हुन्छ कि उनी २६/२७ वर्षको उमेरमा कस्ता हुनेछन् ।’

बेलिङघमले आफ्नो करिअरमा एक अर्को गोलको अध्याय थपेका छन् । उनले पछिल्लो दुई सिजनमा डर्टमन्डमा ६ भन्दा धेरै गोल कसैले गरेका छैनन् । तर यो सिजन उनले १४ गोल गरे । जसमा गत सेप्टेम्बरमा च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्ध गरेको १ गोल पनि सामेल छ ।

बेलिङघमले दुई वर्ष अघि प्रतियोगिताको क्वाटरफाइनलमा पेप ग्वार्डिओलाको टिमविरुद्ध पनि गोल गरेका थिए । उक्त खेलमा डर्टमन्ड हारेको थियो । म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर ओवेन हाग्र्रेब्सले त्यसबेला टेलिभिजनमा फुटबल विशषज्ञका रुपमा रहेका थिए । जसमा उनले भनेका थिए, ‘बेलिङघम अहिले सबैभन्दा शिर्षस्थानमा रहेका छन् ।’

‘ती युवा एक हिरा हुन्’, उनले भने ।

‘दुवै खेलमा उनी एक उत्कृष्ट खेलाडी हुन् । उनी मैदानमा रहेका सबैभन्दा उत्कृष्ट खेलाडी हुन् जो जम्मा १७ वर्षका थिए ।’

‘जुन तरिकाले उनी टच लाइनमा आएर मलाई र रियो फर्डिनान्डलाई अभिवादन गरे । उनले निकै आत्मविश्वसका साथ गरेका थिए जुन मलाई निकै खास लागेको थियो’, ओवेन हाग्र्रेब्सले भने ।

जसले बेलिङघमको प्रतिभालाई चिनेका थिएनन् । अवश्य पनि उनको पहिलो विश्वकपमा उनको प्रदर्शन देखेपछि सबैले उनलाई चिने । उनको खेल क्षमता यस्तो थियो कि आफ्नै टिमका साथीहरुले पनि उनलाई रोक्न सकेनन् ।

सेनेगलसँगको अन्मित १६ को ३-० को उत्कृष्ट खेल हेरेपछि म्यानचेस्टर सिटी र इङ्ल्यान्डका मिडफिल्डर फिल फोडेनले बेलिङघमको बारेमा भने, ‘म उनलाई धेरै ठूलो बनाउन चाहन्न, उनी अझै पनि एक युवा नै छन्, तर उनी ती मध्ये एक प्रतिभाशाली खेलाडी हुन जसलाई मैले आजसम्म देखेको छु ।’

‘खेलमा उनको कुनै कमजोरी नै छैन । मलाई लाग्छ, उनी विश्वको उत्कृष्ट मिडफिल्डर हुन सक्छन् ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?