
३० जेठ, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य १ लाख १२ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ५० रुपैयाँ तोकिएको छ ।
सोमबार छापावल सुन एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदी १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4