+
+

‘काउली’ हिट भएपछि हरिवंश र शान्तिश्रीबीच दोस्रो सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १६:२६

काठमाडौं । ‘काउली’ हिट भएपछि हरिवंश आचार्य र शान्तिश्री परियारले दोस्रोपटक सांगीतिक सहकार्य गरेका छन् । यी दुई जनाको स्वर रहेको नयाँ गीतको रेकर्ड मंगलबार एक स्टुडियोमा भएको छ । हरिवंशकै शब्द र संगीत रहेको गीतको भिडियो डेढ महिनापछि ल्याउने तयारी छ ।

नयाँ गीत पनि ‘काउली’जस्तै रमाइलो शैलीमा बनेको हरिवंशले बताए । अघिल्लो हिट गीत ‘काउली’लाई अहिलेसम्म एक करोड १५ लाख रुपैयाँ पटक हेरिएको छ । यो हिट ट्रयाकमा शान्तिश्रीसँग भएको सहकार्यलाई लिएर हरिवंशले खुसी जनाए । ‘म हाई स्केलमा गीत गाउँछु । शान्तिश्रीको स्वर पनि राम्रो लाग्छ । अहिलेको जल्दोबल्दो चलेको मान्छे पनि । स्केल मिल्ने भएकाले पनि उहाँसँग सहकार्य गरेको हुँ,’ हरिवंशले अनलाइनखबरसँग भने ।

शान्तिश्रीले पनि गीत रेकर्ड भएपछि हरिवंशसँगको तस्वीर सेयर गर्दै खुसी व्यक्त गरेकी छन् । ‘आदरणीय हरिवंश आचार्य सरसँगको दोस्रो सहकार्य आज । मीठो गीतको रेकर्डिङ,’ उनले लेखेकी छन् । तर हरिवंशले गीतको बोल चाहिं खुलाएन चाहेनन् । यो गीतलाई सरोज ओलीले निर्माण गर्न लागेका हुन् । दर्शकले भने डेढ महिनापछि भिडियोसँगै गीत सुन्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?