+
+

हङकङमा ‘जारी’को प्रिमियर, नेपाली फिल्मलाई अहिलेसम्मकै धेरै शो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते ११:२२

काठमाडौं । देशभित्र ‘ब्लकबस्टर’ कमाइ गरिरहेको ‘जारी’को कमाउने गति तत्कालै रोकिने छाँटकाँट देखिएको छैन । अहिले पनि नेपालका केही मल्टिप्लेक्समा चलिरहेको फिल्मले डायस्पोरा बजार पनि तताइरहेको छ ।

स्वदेशमा साढे १६ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाएको फिल्मले डायस्पोरा प्रदर्शनलाई निरन्तरता दिइरहेको छ । नेपाली समुदाय बहुल हङकङमा केही दिनअघि फिल्मको प्रिमियर गरियो, जहाँ दयाहाङ राई, मिरुना मगर र रेखा लिम्बूसहितका कलाकार उपस्थित रहे ।

तीन पटकमा नौ शोसहित चुनमुनको पेरिस-लण्डन-न्युयोर्क-मिलानो र हुङहामस्थित वाम्पो गार्डेन थिएटरमा फिल्म स्क्रिनिङ गरिएको थियो । हङकङमा पहिलोपटक कुनै नेपाली फिल्मको यति धेरै शो आयोजना भएको त्यहाँस्थित सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले जानकारी दिए । पूरै शो सोल्डआउट भएको उनले जनाए ।

पछिल्लो समय हङकङ नेपाली फिल्मको ठूलो बजार बनिरहेको छ, जसलाई ‘जारी’ले अझै फैलाउन मद्दत गरेको छ । लाहुरेहरुको उल्लेख्य उपस्थिति भएकाले पनि जारीको कथावस्तुप्रति उनीहरुको रुचि देखिएको छ ।

यसअघि जारी अमेरिका, युरोप, दक्षिणसहित पूर्वी एसियाली मुलुकमा प्रदर्शन भइसकेको छ । कबड्डी फेम्ड रामबाबु गुरुङको निर्माण र उपेन्द्र सुब्बाको निर्देशन रहेको यो फिल्मले पूर्वी नेपालको लिम्बू समुदायमा प्रचलित जारी प्रथाको कथा पेश गर्छ ।

कामको कुरा गर्दा रामबाबु गुरुङको निर्देशनमा फिल्म ‘डिग्री माइला’ छायांकनको तयारीमा छ । यो फिल्मको शीर्ष भूमिकामा दयाहाङ हुनेछन् । यसबाहेक दयाहाङ र मिरुना ‘नांगो गाउँ’मा पनि जोडीको भूमिकामा देखिने भएका छन् ।

तस्वीर सौजन्य : जगत अम्बु गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?