+

भारतीय कुस्ती महासंघका पूर्व अध्यक्ष बृजभूषणविरुद्ध यौन उत्पीडनको मुद्दा

२०८० जेठ  ३२ गते १६:२४ २०८० जेठ ३२ गते १६:२४
भारतीय कुस्ती महासंघका पूर्व अध्यक्ष बृजभूषणविरुद्ध यौन उत्पीडनको मुद्दा

३२ जेठ, काठमाडौं । भारतीय कुस्ती महासंघका निवर्तमान अध्यक्ष बृजभूषण शरण सिंहविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता भएको छ ।

उनी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली सांसद समेत हुन् । बीबीसीका अनुसार उनीमाथि महिला कुस्ती खेलाडीमाथि यौन उत्पीडनका साथै पिछा गरेको, अश्लिल टिप्पणी र धम्कीको पनि अभियोग लगाइएको छ ।

उनलाई कारबाही गर्न माग गर्दै भारतका कुस्ती खेलाडीहरुले लामो समयदेखि आन्दोलन गरेका थिए । उनीहरुले ७ जुनमा खेलमन्त्री अनुराज ठाकुरलाई भेटेका थिए । १५ जुनभित्र मुद्दा दर्ता गर्ने आश्वासन पाएपछि उनीहरुले आन्दोलन स्थगित गरेका थिए ।

बृजभूषणमाथि दायर भएको मुद्दाको सुनुवाइ ४ जुलाइमा तोकिएको छ । १२ वर्षसम्म भारतीय कुस्ती महासंघको अध्यक्ष रहेका उनी ६ पटक सांसद चुनिएका छन् ।

बृजभूषण शरण सिंह भारतीय खेलाडी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय