+
+

कर्णाली प्रदेशले दलितलाई बजेट नछुट्याएको भन्दै प्रदर्शन गर्ने समूह र प्रहरीबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १९:३४

१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले दलितहरुलाई बजेट नछुट्याएको भन्दै प्रदेशसभा भवन बाहिरी प्रदर्शन गर्ने समूह र प्रहरीबीच झडप हुँदा एसपी सहित तीन जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो प्रदेश सभा भित्र बजेट भाषण भइरहेका बेला बाहिर दलित समुहले नाराबाजी गरिहेको थियो ।

कर्णाली प्रदेश सरकारले ल्याएको बजेटमा दलित समुदायलाई नसमेटिएको भन्दै उनीहरुले नाराबाजी गरिरहेका थिए ।

प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोजेपछि झडप भएको हो । प्रदर्शन अनियन्त्रित हुन थालेको भन्दै प्रहरीले लाठीचार्ज गर्न खोज्दा आन्दोलनकारीहरुले ढुंगा प्रहार गरेका थिए ।

झडपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी योगेन्द्रसिंह थापा, एकजना महिला प्रहरी र दलितका लागि दलित आन्दोलन नेपालका संयोजक खगेन्द्र सुनार घाइते भएको सुर्खेत प्रहरीले जनाएको छ ।

सुनारको नेतृत्वमा रहेको दलितका लागि दलित आन्दोलन नेपालले दलित समुदायका हक हितका लागि विभिन्न माग सहित विगत केहीसमय आन्दोलन गर्दै आएको थियो ।

कर्णाली करिब २९ प्रतिशत दलित समुदाय छन् । प्रदेश सरकारले दलितको ठूलो हिस्सालाई उपेक्षा गरेर बजेट र नीति तथा कार्यक्रम ल्याएको भन्दै दलित समुहले प्रदेशसभा बाहिर प्रदर्शन  गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?