+
+

आलियाको हलिउड डेब्यु फिल्म ‘हार्ट अफ स्टोन’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १३:०१

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो हलिउड डेब्यु फिल्म ‘हार्ट अफ स्टोन’को प्रवर्द्धनका लागि यतिबेला ब्राजिलको साओ पाउलो पुगेकी छन् । हलिउड स्टार गल ग्याडट र जेमी डोर्नन पनि उनीसँगै छन् । ‘नेटफ्लिक्स टुडम २०२३’ नाम दिइएको उक्त कार्यक्रममा यी कलाकारले फिल्मको प्रमोसन गर्नेछन् ।

यो फिल्मलाई लिएर गल ग्याडट र आलियाका फ्यान निकै उत्साहित छन् । लामो प्रतीक्षापछि नेटफ्लिक्सले आइतबार बिहान फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । सोफी ओकोनेडोसँगै ट्रेलरको सुरुवात हुन्छ, जहाँ उनी गल ग्याडटसँग भन्छिन्, ‘कुनै मित्रता छैन, कुनै सम्बन्ध छैन तर पनि तपाईं जान्नुहुन्छ कि तपाईं कुन कुराको जिम्मा दिइएको हो । हामीले जुन गर्दैछौं, त्यो निकै जरुरी छ । त्यो चार्टर एक हिस्सा हो र संसारमा शान्ति कायम गर्न निकै जरुरुी छ ।’

एक्सन दृश्यले भरिपूर्ण ट्रेलरमा ग्याडट उर्फ रेचेल स्टोनलाई पहाडबाट तल सर्दै, शत्रुहरूबाट बच्न प्याराग्लाइडिङ, मोटरसाइकलको पिछा र केही परिस्थितिमा आफ्नो कपाल तल झारेको देखाइएको छ । दुई मिनेट ४३ सेकेन्ड लामो ट्रेलरको पछिल्लो भागमा हामीले आलिया भट्टको झलक पाइन्छ, जसले दर्शकको स्पर्श गर्छिन् । केया धवन नामक खलनायकको भूमिकामा आलिया देखिएकी छन् । ट्रेलरमा रेचेल र केया आमनेसामने छन् । ट्रेलर आफ्ना फ्यानलाई देखाउँदै आलियाले सोसल मिडियामा सेयर गरेकी छन् तर ट्रेलरमा आलियाको भूमिका सानो छ ।

टम हार्परले निर्देशन गरेको ‘हार्ट अफ स्टोन’मा गल ग्याडट, जेमी डोर्नन र आलिया भट्टले अभिनय गरेका छन् । यो अगस्ट ११ मा रिलिज हुने तय भएको छ । आलिया गत वर्ष मे महिनामा फिल्मको छायांकनका लागि टिमसँग जोडिएकी थिइन् । फिल्मलाई इटाली, लण्डन, रेक्जाभिक र लिस्बनमा छायांकन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?