
फाइल तस्वीर ।
३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
भोलि सोमबार बिहान ७ बजेदेखि बस्ने गरि बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
‘पार्टी स्थापना भएको एक वर्ष पुगेकाले के कसरी मनाउने भनि छलफल गर्न बैठक बोलाइएको हो,’ महामन्त्री ढकालले अनलाइनखबरसँग भने ।
७ असारमा रास्पवा स्थापना भएको एक वर्ष पुग्दैछ । ७ असारमा गठन भएको रास्वपा १७ असारमा निर्वाचन आयोगमा दर्ता भएको थियो ।
पार्टी स्थापना भएको अवसरमा ७ असारमा चियापानको आयोजना गरिएको छ । साथै, सोही दिन केन्द्रीय कार्यालय बालाजुमा सार्न लागिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4