+
+

क्रोएसियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन नेसन्स लिग च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते ६:४७

४ असार, काठमाडौं । स्पेनले युइएफए नेसन्स लिगको उपाधि जितेको छ । गएराति भएको फाइनलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै स्पेन पहिलो पटक नेसन्स लिगको च्याम्पियन बनेको हो ।

नेदरल्याण्ड्सको रोटरडममा भएको फाइनलको निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । स्पेनका लागि डानी कार्भाजलले विजयी गोल गरे । त्यसअघि स्पेनका गोलकिपर उनाई सिमोनले क्रोएसियाका ब्रुनो पेटकोभिचको पेनाल्टी बचाएका थिए ।

पेनाल्टीसुटआउटमा स्पेनका लागि जोसेलु, रोड्री, मिकेल मोरेनो, मार्को असेन्सियो र कार्भालले गोल गरे । एमरिक लापोर्टाले गोल गर्न सकेनन् ।

क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिच, लुका मोडरिच र इभान पेरिसिकले गोल गरे । लोभ्रो माजे र र पेटकोभिचले गोल गर्न सकेनन् ।

स्पेनले ११ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलम पहिलो पटक उपाधि जितेको हो । यसअघि स्पेनले २०१२ मा युरो जितेको थियो ।

नेदरल्याण्ड्सलाई हराउँदै इटली नेसन्स लिगमा तेस्रो

नेदरल्याण्ड्सलाई पराजित गर्दै इटली नेसन्स लिग फुटबलमा तेस्रो भएको छ । आइतबार राति तेस्रो स्थानको लागि भएको भएको खेलमा इटलीले नेदरल्यान्ड्सलाई ३-२ ले हरायो ।

छैटौं मिनेटमा फेडेरिको डिमार्को र २० औं मिनेटमा डेभिड फ्रातेसीले गोल गर्दै इटलीलाई पहिलो हाफमै २-० को अग्रता दिलाएका थिए ।

६८ औं मिनेटमा स्टेभन बेर्जविनले गोल गर्दै नेदरल्याण्ड्सलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ७२ औं मिनेटमा फेडेरिको चिसाले गोल गर्दै इटलीलाई ३-१ को अग्रता दिलाए ।

नेदरल्याण्ड्सका जर्जिनियो विज्नाल्डमले ८९औं मिनेटमा गोल गरेपनि इटलीलाई जितबाट रोक्न सकेन ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?