+
+

योगाभ्यास पछि गृहमन्त्री श्रेष्ठले भने– कारागारमा पनि शिविर चलाऔं

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १३:२४

४ असार, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक दिवसीय ‘योग विज्ञान शिविर २०८० तथा उत्प्रेरणा कार्यक्रम’मा सहभागी भएका छन् ।

सोमबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले योगलाई जीवनको अभिन्न अंगका रूपमा अनुशरण गर्न आह्वान गरे ।

व्यक्ति र समाजले योग अभ्यास र ध्यानको महत्वलाई आत्मसात गर्दा शरीरिक एवम् मानसिक स्वच्छता, जागरण, संतुलन र रूपान्तरण प्रकृयामा समेत योगदान पुग्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

आफुले योग र ध्यानलाई सरकारको नीति तथा कार्यक्रममा नै समेटेर संस्थागत गर्न पहल गरेको चर्चा गर्दै उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य प्रशासनिक क्षेत्र एवम् कारागारमा समेत योग शिविरहरू सन्चालन गर्नुपर्ने बताए ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले पतंजली योग समिति, नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र, युवा केन्द्रीय संयोजक लोकनाथ खनाल र सह–केन्द्रीय प्रभारी अर्चना घिमिरेलाई प्रशंसापत्र प्रदान गरे ।

प्रभारी मिश्रले प्रमुख अतिथि श्रेष्ठ, प्रहरी प्रमुख बसन्त बहादुर कुँवरसहित कार्यक्रममा उपस्थित सबैलाई योगाभ्यास समेत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?