+
+

माधव नेपाल भन्छन् : हामी निलिनेवाला छैनौं

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १७:५४

४ असार, काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा स्वार्थमा नबनेको बताएका छन् । साथै केहीले भनेजस्तो कसैलाई तर्साउन वा कसैसँग मुकाबिला गर्न पनि नबनाएको उनको दाबी छ ।

सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रमा अध्यक्ष नेपालले प्रतिगमन र यथास्थितिविरुद्ध एकताबद्ध हुन मोर्चाबन्दी गरेको बताए । उनले अगाडि भने, ‘यो कसैलाई तर्साउन पनि होइन, कसैको मुकाबिला गर्न पनि होइन । ढुक्क हुनुस् ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई तर्साउन र एमालेको मुकाबिला गर्न मोर्चा बनाउन लागेको टिप्पणी गरेका थिए । तर नेता नेपालले त्यसको खण्डन गरे । उनले अगाडि भने, ‘कुनै पार्टीलाई घुर्क्याउन खोजेका होइनौं, कसैलाई दबाब दिन र कसैलाई तर्साउन चाहेको पनि होइन ।

तर प्रतिगमनको भने मुकाबिला गर्ने उनले बताए ।

आफ्नै पार्टीका नेताहरुलाई पनि मोर्चामा आबद्ध भएका दलहरु एकअर्कामा विलय हुने त होइन भन्ने परेको भन्दै एकीकृत समाजवादी अध्यक्ष नेपालले भने, ‘कसैले निल्ने वाला छैन, हामी निलिनेवाला पनि छैनौं ।’

आफूहरुको सम्बन्ध आजको नभएको र पहिलो सहकार्य पनि नभएको भन्दै उनले आपसमा विश्वास रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?