+
+

इन्डिगोले एकैपटक दियो ५०० विमानको अर्डर, एयरबससँग ५५ अर्ब डलरको सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते २१:३१

४ असार, काठमाडौं । भारतीय एयरलाइन्स इन्डिगोले एयरबससँग ५०० किन्ने सम्झौता गरेको छ । पेरिसमा भइरहेको एयर शोका क्रममा सोमबारमा एभिएसन क्षेत्रकै सबभन्दा ठूलो सम्झौताको घोषणा भएको हो ।

यसअघि वर्षको सुरुवातमा भारतीय एयरलाइन्स टाटाले ४७० एयरबस र बोइङ बिमान किन्ने सम्झौता गरेको थियो । इन्डिगो भारतको सस्तो एयरलाइन्स हो । र, सोमबार भएको सम्झौताका लागि ५५ अर्ब अमेरिकी डलर खर्च गर्ने छ ।

बीबीसी हिन्दीका अनुसार यो सम्झौताअनुसारका विमान २०३० देखि २०३५ सम्म इन्डिगोले पाउनेछ ।

सन् २००६ मा स्थापना भएको इन्डिगोसँग हाल ३०० विमान छ र हाल भारतको अन्तरिक उडानमा ६० प्रतिशत हिस्सा ओगट्छ । पेरिसमा भएको सम्झौतापछि इन्डिगोका सीईओ पिटर एल्बर्सले भनेका छन्, ‘यो ऐतिहासिक अर्डरको महत्वबारे भन्न सहज छैन । अब हामीसँग एक हजार बिमानको अर्डर बुक छ । यो सम्झौताअनुसार इन्डिगोले भारतमा एक स्थानबाट अर्को स्थासम्म पुग्न सहज बनाउनेछ ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार यो सम्झौताका लागि केही महिनादेखि कुराकानी भइरहेको थियो । यति ठूलो संख्यामा विमान अर्डर पाउँदा एयरबसले इन्डिगोलाई केही छुट दिनसक्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?