+
+

चुम्बन र बेडसिनमा आपत्ति जनाउँदै सेन्सर बोर्डले दिएन ‘परस्त्री’लाई प्रदर्शन अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १९:५३

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले नेपाली फिल्म ‘परस्त्री’लाई प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ । फिल्ममा समावेश चुम्बन, बेडसिन र हिंसाका दृश्यप्रति आपत्ति जनाउँदै बोर्डले फिल्म रोकेको हो ।

सेन्सर बोर्डकी सदस्य सरला पुन मगरले किस, बेडसिन र हिंसात्मक दृश्यलाई हटाउन निर्मातालाई भनिएको बताइन् । यी दृश्य हटाएमात्र प्रदर्शन अनुमति दिन सकिने सर्त सेन्सर बोर्डले राखेको छ । कतिपय दृश्यमा ब्लर गर्न जरुरी रहेको उनले बताइन् ।

फिल्म भित्रको चिज सच्याउन सुझाव दिएको तर कथावस्तु नै मार्ने उद्देश्य नरहेको उनले बताइन् ।

निर्मात्री शर्मिला पाण्डेले पनि सेन्सर बोर्डले केही दृश्यमा आपत्ति जनाउँदै फिल्म रोकिएको जानकारी दिइन् । ‘ती दृश्य हटाउँदा फिल्मको कथा नै समाप्त हुन्छ । हामी हटाउन तयार छैनौं । बरु, कानूनी उपचारमा जान्छौं’, उनले भनिन्, ‘सेन्सर बोर्डको यो कार्यप्रति हाम्रो आपत्ति छ ।’

वितरक करण क्रेजीले सेन्सर बोर्डले फिल्म रोकेकोप्रति आपत्ति जनाए ।

सुरज पाण्डे निर्देशित यो फिल्म असार १५ गते प्रदर्शन तयारीमा छ । विवाहेत्तर सम्बन्धको कथावस्तुमा निर्माण भएको यो फिल्ममा प्रशस्त बोल्ड दृश्य समेटिएको छ । पोस्टरबाटै यसले चर्चा बटुलेको छ । शीर्ष भूमिकामा शिल्पा मास्केले अभिनय गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?