+
+

चेल्सी छाडेर म्यानचेस्टर सिटी जाँदै कोभासिच

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १६:३६

६ असार, काठमाडौं । माटेओ कोभासिच चेल्सी छाडेर ३० मिलियन पाउण्डमा प्रिमियर लिग तथा युरोपियन च्याम्पियन म्यानचेस्टर सिटीसँग अनुबन्धको नजिक पुगेका छन् ।

२९ वर्षीय क्रोएसियाली मिडफिल्डर कोभासिचले सम्भवतः २५ मिलियन प्रारम्भिक र ५ मिलियन पाउण्ड अतिरिक्त शुल्कमा सिटीसँग सम्झौताको तयारी गरिरहेको बीबीसीले दावी गरेको छ ।

चेल्सीका नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोले आफ्नो अनुकुलका खेलाडीहरु समेट्नका लागि टिमका खेलाडीहरु बेचिरहेका छन् ।

चेल्सीमा दकोभासिचका टिममेट एनगोलो कान्टेले पनि साउदी अरवको लिग च्याम्पियन अल इत्तेहादसँग सम्झौता गरिरहेका छन् ।

कोभासिच सन् २०१९ मा रियल मड्रिड छाडेर चेल्सी पुगेका थिए । पहिलो वर्ष लोनमा विताएका उनले त्यसपछि पाँच वर्षको सम्झौता गरेका थिए । कोभासिचको आगमनले सिटीमा इल्के गुण्डोगानको भविष्यप्रति सन्देह उत्पन्न भएको छ । किनभने यी जर्मन मिडफिल्डरको सम्झौता समाप्तीको चरणमा छ ।

कोभासिचले पछिल्लो सिजन चेल्सीका लागि सबै प्रतियोगितामा गरेर ३७ खेल खेले ।

प्रिमियर लिगमा १२औं हुनुअघि उनले एकै सिजन तीनजना प्रशिक्षकसँग काम गरे ।

कोभासिच सन् २०२१ मा च्याम्पियन्स लिग जित्ने चेल्सी टिमका सदस्य हुन् । चेल्सीले त्यो सिजन सिटीलाई नै १–० ले हराएर उपाधि जितेको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा कोभासिचले क्रोएसियाका लागि ९५ खेल खेलेका छन् । क्रोएसिया तेस्रो भएको कतार विश्वकपमा उनले सबै खेल खेलेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?