+
+

रास्वपाको चियापानमा बाबुराम भट्टराई : ०८४ मा नयाँ दलको नेतृत्वमा सरकार बन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १५:५९

७ असार, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ०८४ को चुनावबाट नयाँ दलको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी स्थापना दिवसको अवसरमा बिहीबार आयोजना गरेको चियापानमा पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ एजेण्डा नयाँ विचार सहितका शक्ति÷पार्टी चाहिन्छ भनेर आफूले पहल गरेको बताए । उनले अघि भने, ‘त्यसक्रममा रास्वपा यसरी अगाडि आएकोमा खुसी छ ।’

सञ्चारकर्मीहरुको प्रश्नमा भट्टराईले ०८४ को चुनावमा नयाँ दलको सरकार बन्ने दाबी गरे । ‘०८४ मा चुनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्छ, को हुन्छ म भन्दिनँ’ उनले भने ।

कांग्रेस, एमाले, माओवादीको नेतृत्वमा सरकार हुँदैन भन्न खोज्नु भएको हो भन्ने अर्को प्रश्नमा उनले भने, ‘उनीहरु आउँदैनन् । उनीहरु बाहेकको सरकार बन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?