+
+

अनमोललाई लिएर सुरेन्द्र पौडेलले ‘कृ रिटर्न्स’ बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १६:४६

काठमाडौं । अनमोल केसीलाई शीर्ष भूमिकामा लिएर सुरेन्द्र पौडेलले फिल्म ‘कृ रिटर्न्स’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । २०७५ सालको यो चर्चित एक्सन फिल्मको दोस्रो सिक्वेल निर्माणलाई लिएर यी दुई जनाबीच प्रारम्भिक छलफल भएको छ, जसलाई सुरेन्द्र र अनमोल दुवैले पुष्टि गरे ।

सुरेन्द्रले आफ्नो आगामी प्रोजेक्ट ‘वरिष्ठ बलराम’ (वर्किङ टाइटल)पछि मात्र यो फिल्मको निर्माण सुरु हुने जनाएका छन् । सम्भवतः अंग्रेजी नयाँ वर्षपछि यसलाई छायांकनमा लैजाने तयारी चलेको उनले जनाए । पौडेलका अनुसार यो फिल्मको लेखन सुरु भएको छ । यसअघि ‘कृ’लाई सुवास गिरीले निर्माण गरेका थिए । तर, ‘कृ रिटर्न्स’लाई आफैंले निर्माण गर्ने उनको तयारी छ ।

‘यो विशुद्ध एक्सन र लभस्टोरी फिल्म हुनेछ । अंग्रेजी नयाँ वर्षदेखि सुरु गर्ने तयारी छ । अहिलेलाई अनमोल मात्र कन्फर्म हुनुहुन्छ । अन्य कलाकारबारे सोचिसकेका छैनौं’, गिरीले भने ।

अनलाइनखबरसँग कुरा गर्दै अनमोलले निर्देशक पौडेलसँग ‘कृ रिटर्न्स’लाई लिएर छलफल चलेको बताए । ‘प्रारम्भिक कुराकानी भएको हो तर ठ्याक्कै कन्फर्म भइसकेको छैन । यसबारे थप कुराकानी हुन सक्छ,’ अनमोलले भने । निर्देशक पौडेलले पनि अनमोलसँगको भेटको तस्वीर सार्वजनिक गरेका छन् ।

अनमोलले दिएको जानकारीअनुसार भदौदेखि उनको होम प्रोडक्सन फिल्मको छायांकन सुरु गर्ने तयारी छ । तर फिल्मको शीर्षक भने तय भइसकेको छैन । त्यसपछि उनी सुयोग गुरुङको ‘फर्की फर्की’मा व्यस्त हुनेछन् । त्यसपछि लाइनअपमा ‘जेरी अनटप’ गर्ने उनको तयारी छ । त्यसपछि मात्र उनले अन्य प्रोजेक्ट गर्ने बताए ।

सुरेन्द्र भने शीर्षक तय हुन बाँकी रहेको ‘वरिष्ठ बलाराम’ फिल्मको तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?