+
+

एनिभर्सरीमा सुनिशालाई राजको प्रेमिल शुभकामना : जीवनमा माया दोब्बर, समस्या आधा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १७:०३

काठमाडौं । दर्शकले अहिले पनि कलाकार राज आचार्यलाई ‘तीतो सत्य’को ‘फुच्चे’को रुपमा चिन्छन् । ‘छक्कापञ्जा ४’ फिल्म खेल्दै उनले आफू फुच्चे नरहेको सन्देश दिन खोजे । फिल्ममा डेब्यु गर्नुअघि उनले अभिनेत्री ‘इन्टुमिन्टु लण्डनमा’ फेम्ड सुनिशा बजगाईंसँग लगनगाँठो पनि कसे ।

बिहीबार यो चर्चित जोडीले वैवाहिक वर्षगाँठ बनाएको छ । दुवैले एकअर्कालाई एनिभर्सरीको शुभकामना दिंदै माया व्यक्त गरेका छन् । राजले सुनिशाको लागि रोमान्टिक र प्रेमिल शब्दको वर्षा नै गराएका छन् भने सुनिशाले पनि अहिले पनि आफूले राजकी बेहुलीकै महसुस गरेको बताएकी छन् ।

राज लेख्छन्, ‘मेरो जीवनमा तिम्रो आगमनपछि मेरो आत्मविश्वास दोब्बर भएको छ, केही गर्छु भन्ने कुराको आँट दोब्बर भएको छ । माया दोब्बर भएको छ । प्रेरणा दोब्बर भएको छ । इच्छा शक्ति दोब्बर भएको छ । अनि समस्या ? समस्या चाहिं ठ्याक्कै आधा भएको छ । धन्यवाद तिमीलाई सबै कुराका लागि ।’

राज अगाडि लेख्छन्, ‘तिमी सही मानेमा श्रीमती मात्र होइन जीवनसाथी पनि हौ । गर्व लाग्छ तिमीलाई ‘मेरी उनी’ भन्न पाउँदा । मलाई सधैं यसरी नै माया गर्नु ल । तिम्रो प्यारो श्रीमान् राज ।’

सुनिशा लेख्छिन्, ‘म अझै तिम्रो दुलही हुँ । तिमी अझै मेरो दुलहा हौ । एक वर्ष भयो, तर अझै हनिमुन छ । शुभ वार्षिकोत्सव बुढा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?