
७ असार, बैंगलुरु । पहिलो पटक साफ च्याम्पियनसिप खेलिरहेको लेबननले विजयी सुरुवात गरेको छ ।
समूह बी मा रहेको लेबननले बिहीबार भएको खेलमा बंगलादेशलाई २-० ले हरायो ।
आमन्त्रित टिमको रुपमा साफ च्याम्पियनसिप खेल्न आएको लेबननले जितपछि ३ अंक जोडेको छ ।
बेंगलुरुस्थित श्री कान्तिरवा स्टेडियममा लेबननलाई जित दिलाउन कप्तान हसन मातोउक र खलिल बाडेरले दोस्रो हाफमा विजयी गोल गरे ।
पहिलो रोजाईँमा नरहेका हसन दोस्रो हाफमा मैदान प्रवेश गर्दै ७९औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खलिल बाडेरले इन्जुरी टाइमको पाँचौ मिनेटमा दोस्रो गोल गरे ।
त्यसअघि पहिलो हाफमा पनि दुवै टोलीले गोल गर्ने अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।
बंगलादेशले पहिलो हाफमा गोल गर्ने राम्रो अवसर गुमाएको थियो ।
फोयसल अहमद फायमले लेवनोनी गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा पनि गोल गर्न सकेनन् ।
साफअघि भारतको ओडिशामा भएको फोर नेसन्स कप खेलेको थियो । तर फाइनलमा भारतसँग २-० ले पराजित हुँदै उपविजेता बनेको थियो ।
बिहीबारै समूह बी मा रहेका माल्दिभ्स र भुटानबीच बेलुका साढे ७ बजे खेल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4