+
+

काठमाडौं महानगरले छुट्यायो सडक बत्तीका लागि ३० करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १३:२९
फाइल तस्वीर

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक बत्ती जडानका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै ‘उज्यालो शहर, मेरो महानगर’ योजना अन्तर्गत ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

महानगरको सबै सडक र गल्लीमा बत्ती जडान गर्न उक्त बजेट विनियोजन गरिएको उनले बताइन् । बजेटबाट १ सय स्थानमा हाइमास्ट लाइट जडान गरिने उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?