+
+

म अर्थमन्त्री भएको भए धादिङमा बजेट ओइर्‍याउन मिल्ने रहेछ : राजेन्द्र पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १८:४८

१० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जिल्लामा बजेट पार्न मन्त्री नै हुनुपर्ने जस्तो देखिएको बताएका छन् ।

आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै पाण्डेले मन्त्री भएमात्र आफ्नो क्षेत्रमा बजेट पाइने भएकाले मन्त्री बन्न दौडधुप हुने गरेको बताए ।

‘मन्त्री भएपछि आफ्नो क्षेत्रमा बजेट झ्याप हाल्न पाइने भएकाले मन्त्री बन्न दौडधुप हुने रहेछ । प्रकाशशरणको ठाउँमा म अर्थमन्त्री भएको भए धादिङमा बजेट ओइराउन मिल्ने रहेछ’ धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पाण्डेले भने ।

प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा ५५ करोड लैजाँदा आफूले भने बजेट नपाएको भन्दै नेता पाण्डेले बजेट पास गर्न सांसदहरुको सहयोग चाहिने कुरा नबिर्सिन चेतावनी दिए ।

‘मैले प्रधानमन्त्रीसँग र शेरबहादुर देउवासँग सोधेँ तपाईहरुलाई भोट हाल्ने जनता र मलाई भोट हाल्ने जनतामा फरक के छ ? तपाईंको निर्वाचन क्षेत्रमा ५५ करोड रुपैयाँ जाने अर्कोको निर्वाचन क्षेत्रमा १ सय १० करोड जाने मेरो क्षेत्रमा चिल्लै हुने । यस्तो अवस्थाको अन्त्य हुनुपर्छ’, उनले भने ।

पाण्डेले अगाडि भने, ‘१३८ सांसद भएन भने सरकारले ल्याएको बजेट पास हुँदैन । बजेट पास गर्ने बेलामा सांसद, तर १३८ जना सांसदले सरकारका कुन मन्त्रीले सांसदहरुसँग भेटेर समस्या के छ भनेर सोधेको कुनै रेकर्ड छैन ।’

बजेट विनियोजनका विषयमा आफूले राखेको प्रश्नको जवाफ प्रधानमन्त्री र अर्थमन्त्रीले नदिएसम्म बजेट पारित हुन नदिने पाण्डेले बताए । ‘यो प्रश्नको उत्तर अर्थमन्त्री र प्रधानमन्त्रीले दिएनन् भने बजेट पास गर्न दिँदैनौं । यो वर्ष नपाए पनि आगामी चार वर्षमा सांसदहरुले बजेट निर्माणमा भूमिका निर्वाह गर्न पाउँछु । सांसदहरुको क्षेत्रमा दिने बजेट समानुपातिक हुनुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?