
११ असार, काठमाडौं । नेपालमा लैङ्गिक हिंसा पीडित/प्रभावितहरूका लागि महिला आश्रयसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
असार १० गते काठमाडौंको पार्क भिलेज होटलमा भएको सम्मेलनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आश्रय गृह राष्ट्रिय सञ्जाल र साथी संस्थाको आयोजनामा सम्मेलन सुरु भएको हो ।
लैङ्गिक हिंसाका समस्यालाई सम्बोधन गर्ने र प्रभावकारी आश्रय गृह सेवामार्फत महिला तथा बालबालिकाको सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्मेलन गरिएको हो ।
आइतबारदेखि सुरु भएको सम्मेलन मंगलबारसम्म चल्नेछ । यस सम्मेलनमा नेपाल सरकारका प्रमुख तथा प्रतिनिधि, प्रदेस तथा स्थानीय सरकारका प्रतिनिधि, आश्रय गृह सञ्चालक तथा व्यवस्थापक, एकद्वार संकट व्यवस्थापन केन्ऽका प्रतिनिधि, लैङ्गकि विज्ञ, लैङ्गकि हिंसा पीडितरप्रभावित, मनोसामाजिक परामर्शकर्ता, पत्रकार महिला, महिला अधिकारकर्मीसहित २०० जना सहभागी हुनेछन् ।
कार्यक्रममा आश्रय गृहसँग सम्बन्धित महत्वपूर्ण विषयहरुका ६ समानान्तर विषयतग सत्रहरु र ३ पूर्ण सत्रहरू संचालन हुनेछ । जसमा आश्रय गृह सञ्चालन सम्बन्धी मापदण्ड, नविनतम मुद्दाहरू, प्रेषण संयन्त्र र पीडित केन्द्रित अवधारणा आदि रहेका छन् ।
उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले हिंसा पीडित महिला तथा बालबालिकालाई न्याय र सशक्तीकरण सुनिश्चित गर्न आश्रयस्थलले दिने सेवाको गुणस्तरमा सुधार गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले घरेलु तथा लैङ्गकि हिंसाबाट प्रभावित महिला तथा बालिकाको जीवन पुनर्निर्माणमा आश्रय सेवाले खेलेको महत्वपूण भूमिकालाई जोड दिइन् । ‘आश्रय गृहले पीडित महिला तथा बालबालिकालाई हिंसाविरुद्ध आवाज उठाउन सहयोग गर्दै आएको छ । विभिन्न संघ संस्थाले आश्रय गृह सञ्चालन गरेर राज्यलाई सघाउदै आएको छ तर अन्तमा यसको अभिभावकत्व राज्यले नै लिनुपर्ने हुन्छ ।’
कार्यक्रममा सांसद डा आरजु राणा देउवाले नेपालमा आश्रय आन्दोलनको इतिहास झल्काउँदै उपलब्धि, चुनौती र अबको बाटोको बारेमा जानकारी दिइन् ।
उनले आश्रय स्थलहरूले पीडित ∕ प्रभावितलाई सहयोग प्रदान गर्नुका साथै लैङ्गकि हिंसाको रोकथाममा जोड दिनु पर्ने बताइन् ।
महिला आश्रयस्थलबाट व्यवस्थापन गरिएका केस, तथ्याङ्क र अन्य प्रमाणलाई लैङ्गकि हिंसा न्यूनीकरणसम्बन्धी नीति तथा नियमहरूमा प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।
कानून निर्माता र महिला अधिकारकर्मीको हैसियमता आश्रय केन्ऽहरूसँग सम्बन्धित नीतिका साथै आश्रय सेवाहरूको अनुगमन र नियमनलाई सुदृढ पार्ने प्रतिवद्धता व्यक्त गरिन् ।
यूएन CEDAW समितिकी सदस्य तथा सम्मेलनको प्रर्वतक तथा ग्लोबल नेटवर्क अफ वुमन शेल्टर्सकी सह-संस्थापक तथा पूर्व सह संस्थापक बन्दना राणाले आश्रय गृह आन्दोलनलाई राष्ट्रिय र विश्वव्यापी रूपमा अगाडि बढाएको आफ्नो अनुभव साटिन् ।
उनले राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी रूपमा आश्रय गृह सञ्चालन गर्ने विभिन्न संघ संस्थाहरुकोे संयुक्त प्रयास र आश्रय गृह सेवाहरूमा आएको नयाँ प्रवृत्ति र दृष्टिकोणको उदयलाई जोड दिंदै यस सम्मेलनले सबै सरोकारवालाहरूलाई उपलब्धि / चुनौतीहरू प्रतिबिम्बित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्रदान गर्ने बताइन् ।
यूएनएफपीएका नेपाल प्रतिनिधि वोन योङ होङले लैङ्गकि हिंसा रोकथामका लागि ग्ल्ँएब् को समर्थन व्यक्त गरिन् ।
साथीका अध्यक्ष सजनी अमात्यले सम्मेलनले महिला आश्रयलाई थप समावेशी र महिला तथा बालबालिकाको आवश्यकतालाई सम्बोधन गर्न नीतिगत निर्देशन दिन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
साथी संस्थाका सहसंस्थापक,निवर्तमान अध्यक्ष महिला आश्रय गृह राष्ट्रिय सञ्जालका संस्थापक उमा राज्यलक्ष्मी शाहले कोभिड-१९ ले आश्रय गृह सञ्चालकहरूलाई सामूहिक अभियानको आवश्यकता महसुस गरेको बताइन् ।
कार्यक्रममा शक्ति समूहका पीडित ∕ प्रभावितहरूले लैङ्गकि हिंसालाई चित्रण गर्ने नृत्य प्रस्तुत गरेका थिए। पीडित महिलाहरूले पनि आश्रयस्थलहरूमा आएपछि उनीहरूको जीवन कसरी परिवर्तन भयो भनेर प्रकाश पार्दै आˆना कथा र अनुभवहरू आदानप्रदान गरे ।
सम्मेलनले आश्रय गृह सञ्चालकबीचको सहकार्य र समन्वयलाई बढावा दिने, सेवाहरूको गुणस्तर बढाउन, समान आश्रय गृह सम्बन्धी नीतिहरू स्थापना गर्ने र साझा सिकाइलाई सहजीकरण गर्ने लक्ष्य राखेको छ ।
यसले आश्रय गृहहरुबीच मुद्दाहरुको आन्तरिक प्रेषण अभ्यासहरू सुधार गर्न र हिंसाको अनुभव गरिरहेका महिला र किशोरीहरूको विविध आवश्यकताहरूलाई राम्रोसँग सम्बोधन गर्न राष्ट्रिय प्रेषण संयन्त्रको स्थापनाको लागि वकालत गर्नेछ ।
महामारी र मानवीय संकटको समयमा आश्रय सेवाको महत्वलाई पहिचान गर्दै, सञ्जालले सरकारलाई आश्रय गृह सेवालाई अत्यावश्यक सेवाको रूपमा तोक्न र आवश्यक सहयोग प्रदान गर्न अनुरोध गर्नेछ ।
सम्मेलनले असल अभ्यास तथा सिकाईहरुको अनुभव साझा गर्ने हिंसाविरुद्ध सामूहिक आवाज प्रवर्द्धन र महिला तथा बालिकाको अधिकार, सुरक्षा र सशक्तीकरणको वकालत गर्ने मञ्चको रूपमा कार्य गर्नेछ ।
यसले आश्रय सेवाहरूलाई सुदृढ गर्न, समावेशीता, दिगोपन सुनिश्चित गर्न र पीडित-केन्द्रित अवधारणा अपनाउन साझा सिफारिसहरूको विकास गर्नेछ ।
सम्मेलने पारित गरेका घोषणा तथा प्रतिबद्धताहरुलाई सम्बन्धित निकायहरुमा पेश गर्ने तथा यी प्रस्तावहरु भविष्यमा आश्रय गृहको सुदृढीकरणका लागि एक महत्वपूर्ण दस्तावेजको रुपमा रहने छ ।
प्रतिक्रिया 4