+
+
Shares

मोटरसाइकलको ठक्करबाट सुर्खेतमा पैदलयात्रुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १५:०४

१३ असार, सुर्खेत। मोटरसाइकलले ठक्कर दिँदा सुर्खेतको वीरन्द्रनगर नगरपालिका–६ घण्टाघर चोकनजिक एक जना पैदलयात्रुको मृत्यु भएको छ ।

मुत्यु हुनेमा वीरेन्द्रनगर–७ का ५० वर्षीय टिका सुनार रहको प्रहरीले जनाएको छ।

घण्टाघरदेखि शंकरचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ४७६१ नम्बरको मोटरसाइकको ठक्करबाट गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मणबहादुर शाहीले जानकारी दिए।

प्रहरीका अनुसार मृतक सुनारको शव प्रदेश अस्पतालमा राखिएको छ । मोटरसाइकल चालक महावु गाउँपालिका–६ का ३३ वर्षीय तेजबहादुर शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?