+
+

साहित्यकार दुर्गादेवी नेपालको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १७:३१

काठमाडौं । साहित्यकार दुर्गादेवी नेपालको ८६ वर्षको उमेरमा निधन भएको छ । नई प्रकाशनकी संरक्षक समेत रहेकी नेपालको मंगलबार साँझ निधन भएको नई प्रकाशनले जनाएको छ । नेपालको मंगलबार साँझै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

साहित्यकार नेपालको आत्मकथा ‘बगेको खोला’,  र कवितासंग्रह ‘उनैको माया’ प्रकाशित छन् ।

नई प्रकाशनले २०६६ सालमा दुर्गादेवी नेपाल र उनका पति गणेशप्रसाद शर्माको नाममा पुरस्कार स्थापना गरेको थियो । एक लाख रूपैयाँ राशीको ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ नेपालबाहिरका नेपाली भाषा साहित्यका स्रष्टालाई हरेक वर्ष समर्पण गरिंदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?