+
+

अदालतको आदेशपछि हलमा नयाँ भारतीय फिल्म, ‘परस्त्री’ पनि रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते ११:३९

काठमाडौं । ‘आदिपुरुष’ विवादपछि दर्शकको उपस्थिति शून्यप्रायः रहेको नेपाली हलमा यो साता तीन नयाँ फिल्म आउनेछन् । बिहीबारदेखि नेपाली फिल्म ‘परस्त्री’ र भारतीय ‘सत्यप्रेमकी कथा’ले प्रदर्शन थालेका छन् ।

शुक्रबार हलिउडको प्रतीक्षित ‘इन्डियाना जोन्स एण्ड द डायल अफ डेस्टिनी’ प्रदर्शनको तयारीमा छ । ‘सत्यप्रेमकी कथा’ पाटन उच्च अदालतको आदेशपछि प्रदर्शन हुने पहिलो भारतीय फिल्म हुनेछ ।

१२० मिनेट लामो ‘परस्त्री’ विवाहेत्तर सम्बन्धको कथावस्तुमा बनेको बदलाको कथावस्तु हो । पीजी सर्टिफिकेट प्राप्त गरेको यो फिल्मले दम्पतीको जीवनमा तेस्रो व्यक्तिको प्रवेशपछि सम्बन्धमा आउने उतारचढावको कथा भन्छ ।

शिल्पा मास्के, गौरव विष्ट र कोसिस क्षेत्रीको शीर्ष भूमिका रहेको फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । साइकोलोजिकल थ्रिलर जनरामा राखिएको यो फिल्म सोही मितिमा भारतमा हिन्दी भाषामा रिलिज हुँदैछ ।

१४७ मिनेट लामो ‘सत्यप्रेमकी कथा’मा कार्तिक आर्यन र कियारा आडवाणीको शीर्ष भूमिका छ । समीर विद्धान्स निर्देशित फिल्मलाई कमेडी ड्रामा जनरामा राखिएको छ । शुक्रबार ह्यारिसन फर्ड स्टारर हलिउडको एक्सन-एड्भेन्चर फिल्म ‘इण्डियाना जोन्स एण्ड द डायल अफ डेस्टिनी’ रिलिज हुँदैछ । इन्डियाना जोन्स फेन्चाइजीको यो पाँचौं र अन्तिम सिक्वेल रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?