+
+
कोशी प्रदेश :

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि अध्यादेश टेबल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १२:२१
फाइल तस्वीर

१४ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअघि सरकारले बजेट अध्यादेश संसदमा टेवल गर्ने भएको छ ।

आज बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकको कार्यसूचीमा  प्रदेश प्रमुखबाट प्राप्त पत्र बाचन गरेपछि अध्यादेश टेवल गर्ने  उल्लेख  छ ।

अध्यादेश टेवल भएपछि मात्रै मुख्यमन्त्रीको विश्वासको मत माग्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारको अर्थसम्बन्धि प्रस्तावलाई कार्यन्वयन गर्न बनेको अध्यादेश २०८० र आर्थिक वर्ष २०८०-८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०८० पेश हुने कार्यसूची  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?