+
+

दाङमा मोटरसाइकल दुर्घटनामा स्वास्थ्यकर्मीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १८:४७

१५ असार, दाङ। दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना स्वास्थ्यकर्मीको मुत्यु भएको छ ।

मुत्यु हुनेमा शान्तिनगर गाउँपालिका–७ खैरेनीका ३३ वर्षीय ताराप्रसाद बिक रहेका प्रहरीले जनाएको छ । मृत्यु हुने विक स्वास्थ्य चौकी राजपुरका निमित्त प्रमुख हुन् ।

बुधवार राति राजपुर गाउँपालिका–५ जंग्रहवा चोकमा नाली निर्माणका लागि राखिएको बालुवामा चिप्लिएर निमित्त प्रमुख बिक सवार रा ६ प ८९२४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवालाई प्रमुख प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए ।

मृतक वली निमित्त प्रमुख बिक हाल राजपुर स्वास्थ्य चौकीमा कार्यरत थिए । स्वास्थ्य चौकीमा प्रमुख नभएपछि उनले निमित्त प्रमुखको जिम्मेवार पाएका थिए ।

त्यस्तै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अमृत रोकाको लमहीमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?