+
+

सरकारमा जान जनमत सकारात्मक

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १३:५२

१७ असार, काठमाडौं । जनमत पार्टी सरकारमा जान सकारात्मक देखिएको छ । जनमतले राखेका शर्तहरुप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकरात्मक देखिएपछि सरकारमा जाने तयारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई बिहान भेटेर जनमत पार्टीका अध्यक्ष सीके राउतले तीन शर्त राखेका थिए । बजेट, मधेस प्रदेशमा विना विभागीय बनाइएका आफ्ना दुई मन्त्री र संघमा मन्त्रीका विषयमा अध्यक्ष राउतले प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

जनमत पार्टीका नेता अब्दुल खानका अनुसार प्रधानमन्त्री सकरात्मक देखिएकाले सरकारमा जाने सम्भावना बढेको छ । ‘बजेट गरिएको असमानता हटाउने, मधेसमा विना विभागीय मन्त्री बनाइएकालाई जिम्मेवारी दिने र केन्द्रको मन्त्रालयका विषयमा छलफल भएको छ,’ खानले अनलाइनखबरसँग भने । प्रधानमन्त्री आफूहरूले उठाएका मुद्दामा सकरात्मक रहेको उनले बताए ।

स्रोतका अनुसार आज आइतबार ४ बजे बस्ने सत्ता पक्षीय दलको बैठकले जनमतलाई सरकारमा ल्याउनेबारे निर्णय लिन सक्नेछ । प्रधानमन्त्री प्रचण्ड माओवादी केन्द्रबाट मन्त्री भएका मध्येबाट एकलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा भित्र्याउने तयारीमा रहेका छन् ।

पुस १० गते बनेको एमाले-माओवादी गठबन्धनमा खानेपानी मन्त्रालय सम्हाल्नेगरी जनमत सरकारमा गएको थियो । मन्त्रालयमा असन्तुष्टि राख्दै आएको जनमत पुरानो गठबन्धन ब्युँतिएसँगै सरकारबाट बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?