+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मुस्ताङ्गका पूर्वराजकुमारको विवाह उत्सव मनाउन लोमन्थाङमा सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते २०:३१

१७ असार, काठमाडौं । लोमन्थाङ गाउँपालिकाले मुस्ताङ्गी पूर्वराजाको छोराको विवाह उत्सव मनाउनको लागि सोमबार सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाका अध्यक्ष टसि न्हर्वु गुरुङले झिग्मी सिङ्गी पलवर विष्टलाई मुस्ताङ्गी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा  भन्दै उनका जेठा छोरा झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाह उत्सव मनाउन लोमन्थाङ गाउँपालिकामा सार्वजनिक बिदा दिएको जानकारी दिएका छन् ।

पालिकाले सूचना जारी गर्दै भनेको छ, ‘मुस्ताङ्गी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्गी पलवर विष्टका जेष्ठ सुपुत्र राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाउन लागिएकोले सोमबार (१८ गते) का दिन पालिकाको कार्यालय, मातहतका सबै कार्यालयहरु तथा शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिइएको जानकारीको लागि अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?