+
+
Shares

छायांकन सेटबाट बाहिरियो सौगात मल्लको ‘अगस्त्य’ लुक्स

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते १२:२०

काठमाडौं । फिल्म ‘अगस्त्य’को छायांकन सेटबाट सौगात मल्लको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक भएको छ । निर्देशक सौरभ चौधरीले उपलब्ध गराएको तस्वीरमा सौगातलाई ‘मानसिक रुपमा स्थिर’ नभएको पात्रको भूमिकामा देख्न सकिन्छ । तस्वीरमा उनी गाडी चढ्न लागेको दृश्यमा छन् ।

यो दृश्यसँगै एक्सन-थ्रिलर ‘अगस्त्य’को भारत सेड्युल सकिएको छ । नेपाल सीमावर्ती भारतको गोरखपुर र निचालोलमा ४५ दिनसम्म छायांकन चलेको थियो । सीमापार छायांकन सकिएपछि फिल्म युनिट काठमाडौं फर्किएको छ । २५ दिनको ब्रेकपछि पुनः राजविराज र काठमाडौंमा छायांकन तालिका छ ।

यो २५ दिनभित्र सौगातले शारीरिक ट्रान्सफर्मेसन गर्नुपर्ने भएको छ । जसअनुसार १५ किलो तौल बढाउनुपर्ने र एब्स बडी बनाउनुपर्ने भनिएको छ । ‘सौगात दाइले उक्त क्यारेक्टर स्वरुपमा आफूलाई ढाल्न ब्रेक गरिएको हो,’ निर्देशक चौधरीले भने, ‘त्यसपछि सप्तरीको राजविराजबाट पुनः छायांकन सुरु हुनेछ ।’

फिल्ममा सौगातले हराएकी प्रेमिकाको खोजीमा निस्किएको प्रेमीको भूमिका निर्वाह गरेका छन्, जो बदलाको लागि तयार छ । फिल्मको शीर्ष भूमिकामा मलिक महत र नाजिर हुसेन पनि छन् । भारत सेड्युलदेखि नै मलिका र नाजिर पनि सेट ज्वाइन गरेको जनाइएको छ । ‘सोचेको भन्दा निकै राम्रो काम भयो,’ काठमाडौं फर्कंदै निर्देशक चौधरीले भने ।

डार्क हर्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मलाई आगामी मंसिरमा प्रदर्शन तयारी छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?